१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

चिनियाँ वाई १२ जहाजद्वारा अाज हुम्लाको सिमिकोट लगाएत दुर्गमका ४ विमानस्थलमा परीक्षण उडान

१० असाेज, काठमाडौँ । नेपाल एयरलाइन्सले चीनबाट खरिद गरेर ल्याएको वाई १२ जहाजले दुर्गम विमानस्थलमा परीक्षण उडान थालेको छ। बुधारबार मात्रै दुर्गम भेगका चार विमानस्थलमा परीक्षण उडान सफलता साथ गरेको छ ।

बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको रारास्थित ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ। यसअघि असोज ९ गते वाई १२ जहाजले लुक्ला विमानस्थलमा परीक्षण उडान गरेको थियो। बुधबार बिहान ७ः१० बजेबाट सुरु भएको परीक्षण उडान चारवटै विमानस्थलमा सफल भई दिउँसो १ः०५ बजे नेपालगन्ज विमानस्थल अवतरण भएको थियो।

ती सबै गन्तव्यमा प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले जहाज उडाएका थिए। साथमा निगमका प्राविधिकदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको पनि सहभागिता थियो।

प्रकाशित मिति : September 26, 2018 at 3:21 pm