१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

भुटानमा हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा भागलिने टाेलीकाे बिदार्इ

९ असोज,काठमाडौँ । यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महिला कमिटीका अध्यक्ष वृन्दा देवान, तेक्वान्दोकी ओलम्पियन सङ्गीना वैद्यलगायतले बिदाइ गर्नुभयो ।

बीस खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीमा गोलकिपर अन्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा रानामगर, मिडफिल्डरमा सरु लिम्बू, मन्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सृजनासिंह ठकुरी, सम्झना लावती, स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा तथा सम्झाना शर्मा छन् ।

त्यसैगरी मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ, सहायक प्रशिक्षकमा प्रकाश वैद्य र गोलकिपर प्रशिक्षकमा अस्मिता खवास छन् । च्याम्पियनसिपमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालले समूह चरणमा पाकिस्तान र बङ्लादेशसँग खेल्नेछन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल यही असोज १२ गते पाकिस्तानसँग र असोज १६ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : 15:08