आफूले भनेका व्यक्तिलार्इ जागिर नदिएपछि नेविसंघद्वारा लुम्बिनी बाणिज्य क्याम्पस आगजनी
१० असाेज, बुटवल । आफूले भनेका व्यक्तिलार्इ जागिर नदिएपछि नेविसंघद्वारा क्याम्पसमा आगजनी गरेकाे छ । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा नेविसंघले तोडफोड गरेकाे हाे । क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्ययको कार्यकक्षमा समेत तोडफोड भएको छ । नेपाली कांग्रेस निकटको नेविसंघका कार्यकर्ताले क्याम्पसमा तोडफोड गरेका हुन् ।
नेविसंघका कार्यकर्ताहरुले तोडफोड गरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए । आक्रमणकारीले क्याम्पस प्रमुखको कुर्सीमा मट्टीतेल छर्केर आगो लगाएका थिए । प्रहरीले क्याम्पसमा तोडफोड भएको र टेबुल कम्प्यूटर तथा गाडीमा आगजनी भएको बताएका छ ।
क्याम्पस समितिले मंगलबार ८ जना प्राध्यापक र ३ जना कर्मचारी नियुक्त गरेको विरोधमा नेविसंघले कलेजमा तोडफोड गरेको अन्य संगठनहरुको आरोप छ । क्याम्पसको पदपूर्तिसमितिले विज्ञापन जारी गरि खुल्ला तर्फ उपप्राध्यापक, कार्यालय सहायक तथा सहायक लेखापाल र आन्तिरिक विज्ञापनतर्फ दुई जना बढुवा भएका थिए ।
आफूले भनेको व्यक्तिलाई जागिर नलागएका कारण नेविसंघले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १४:२६