२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

राष्ट्र बैंकले हटायो आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था

६ माघ, काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ। मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ ।

एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि ७० प्रतिशतसम्मको रकम व्यवसायीले आफैंले हाल्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । बिहीबार परिपत्र जारी गर्दै बैंकले यस्तो व्यवस्था ल्याइको हो ।

राष्ट्र बैंकले २०७८ पुस र माघमा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, अझै पनि राष्ट्र बैंकले कतिपय वस्तुहरुमा आयातमा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ ।

प्रकाशित मिति : January 20, 2023 at 10:32 am