२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

५ माघ, दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २८ मत परेको छ । पुस २७ गते गिरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १६:४४