२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

जसपाले सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने

५ माघ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार-प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १३:४४