२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

न्युजिल्याण्डमा माघे सक्रांति ( फोटोफिचर )


५ माघ, न्युजिल्याण्ड । नेपालीहरुको महत्वपुर्ण पर्व माघे सक्रान्तिको अवसरमा न्युजिल्याण्डमा नेपाली समुदायले धुमधामका साथ पर्व मनाएका छन् ! । न्युजिल्याण्डको साउथ आइल्याण्डमा मगर समुदायले विशेष कार्यक्रमको आयोजना गरि माघे सक्रान्ति मनाएका छन् । साउथ आइल्याण्ड मगर कम्युनिटिको आयोजनामा साउथल्याण्डको विन्टनस्थित वरेटि हलमा सम्पन्न उक्त कार्यक्रममा मगर संस्कृति झल्कने भेषभुषा, नाचगान सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

साउथल्याण्ड नेप्लिज सोसाइटिका सचिव दुर्गा वि क को प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानिय गायक रविन पुन मगर, दिपेन क्षेत्री लगायतले विभिन्न गितसंगितबाट मनोरन्जन प्रदान गरेका थिए भने समिरबाबु आले, श्रीतिजन थापा मगर, समिक्षा थापा मगर , ममता थापा लगायत स्थानिय कलाकारहरुले मगर नृत्य साथै अन्य नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम श्री थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । दैनिकी संग कुरा गर्दै सामाजिक अगुवा मिलन जिसीले नेपाली परिचय बनेका सांस्कृतिक पक्षका बारेमा कक्षा १२ सकेर अध्ययनका लागि विदेशियका युवाहरु र प्रवासमा हुर्केका बालबालिकाहरु बढि भन्दा बढि जानकारी दिन समेत आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १२:०८

https://srdb.com.np/