२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

सिंहदरबारमा मन्त्रीको चर्तिकला ‘… गर्नेलाई भन्दा देख्नेलाई लाज !’ मन्त्रीको कार्यकक्षमै चन्दा बाकस


४ माघ, काठमाडौँ । हरेक सरकार मन्त्रीहरू कुनै न कुनै रमिता देखाएर जनतालाई मनोरञ्जन दिइरहेका हुन्छन । वर्तमान सरकारका मन्त्रीहरूले त्यस्तो रमिता सुरू गरिसकेका छन । यद्यपी यस्तो रमिता अस्वभाविक र नौलो भने होइन ।

तर मन्त्रीहरूले गरिरहेका काममा कतिपयको रमिता झट्ट हेर्दा राम्रै जस्तो पनि देखिन्छ । यस्तै सुरू गरेका छन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले । उनली आफ्नो कार्यकक्षमै चन्दा बाकस थापेर रमिता प्रस्तुत गरेका हुन । उनले आफ्नो टेबुलको अघि खादा, माला र फुलको सट्टामा पैसा दिन भनेका छन ।

उनले त्यसका लागि दुर्गम क्षेत्रमा शिक्षा विकासका लागि सहयोग गरिदिनुस् भनेर अनुरोध गरेका छन । नेपाल सरकारका एक मन्त्रीले आफ्नो कार्यक्षमै राखेर दुर्गमको शिक्षा विकासका लागि सहयोग भन्दै चन्दा उठाउन थालेपछि देशको अवस्था कस्तो छ भन्ने कुराको एउटा चित्र यहाँबाट पढ्न सकिन्छ । तर यो चित्रले ‘… गर्नेलाई भन्दा देख्नेलाई लाज !’ भन्ने उखानकाे चरितार्थ गरेको छ ।

हरेक वडामा सरकारी विद्यालय रहेका छन । सरकारले १० कक्षासम्मको शिक्षा निशुल्क भनेर एक दर्जन भन्दा बढी पटक निर्णय गरिसकेको छ । तर सरकारमा मन्त्री सिंहदरबारभित्रको आफ्नो कार्यकक्षको टेबुल अघिनै शिक्षा विकासका लागि भनेर चन्दा उठान थालेका छन । नेकपा माओवादीभित्र अलि आशा गरिएको मन्त्री किराँतीको पनि सुरूवात नै झुर भएपछि कार्यकर्ता निराश देखिएका छन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार २२:३२