१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

प्रधानमन्त्री प्रचण्ड र बेलायतका राजदूत निकोलाबीच भेटवार्ता

४ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:१०