४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आज पनि घट्यो सुनकाे मूल्य, कतिमा हुँदै छ काराेबार ?


४ पुस, काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ ।

मंगलबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ११:३०