१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

युनियन लाइफले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तनको प्रस्ताव

४ पुस, काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा माघ २६ गते, विहिबार टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँ लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता, कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक तथा परामर्शदाता नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १०:०८