१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एमाले नेता पदम गिरी स्वास्थ्य मन्त्रीमा नियुक्त

३ माघ, काठमाडाैँ । नेकपा एमालेका नेता पदम गिरी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन । गिरी पर्वतबाट निर्वाचित एमालेका सांसद हुन । उनी युवा पुस्ताका बीचमा लोकप्रिय नेता हुन ।

२०४७ मा अनेरास्ववियु पाँचौँमा संगठित भएर राजनीतिमा लागेका गिरीले स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सदस्य, उपसभापति र सभापतिको जिम्मेवारी सम्हालिसकेका छन । २०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा लागेका उनी २०६७ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७२ मा आठाैँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : January 17, 2023 at 11:13 am