प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से
३ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६६ अंकले बढेर २१५२.०४ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा २९ स्टकको २१ लाख ३ हजार २६१ रुपैयाँ ७९ पैसा बराबरको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : January 17, 2023 at 10:59 am









