२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्डको प्रस्तावमा एमालेको प्रतिक्रियाः ‘कांग्रेसलाई उपराष्ट्रपति र उपसभामुख दिउँ’

३ माघ, काठमाडौँ । नेकपा माओवादीका केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलका नेताहरूको बैठकमा नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्न गरेको प्रस्तावमा एमालेले प्रतिक्रिया जनाएको छ ।

बैठकमा एमालेका अध्यक्षले जनाएको प्रतिक्रिया बाहिर नआएको भए पनि एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीलाई साह्रै राष्ट्रिय सहमति गर्न मन लागेको भए कांग्रेसलाई उपराष्ट्रपति र उपसभामुख दिन प्रस्ताव गरेका छन ।

उनले प्रचण्डले सित्तैमा विश्वासको मत दिने कांग्रेसको व्यवस्थापनको उचित विकल्प भन्दै सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्तावमा राष्ट्रपति र सभामुख एमालेलाई अनि प्रधानमन्त्री माओवादीलाई भनेर बाँडफाँट पहिल्यै टुंगिसकेको छ । अहिले कांग्रेसलाई पनि समेटेर लैजाने प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई अन्यथा लिइहाल्नु पर्दैन । किनभने, उपराष्ट्रपति र उपसभामुख बाँकी छ । यदि उहाँले आफूलाई यत्तिकै मत दिने कांग्रेसलाई ‘राष्ट्रिय सहमतिका लागि’ त्यसमा राजी गराउनुभयो भने नराम्रो के छ र ?’

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०८:२१