५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विमान दुर्घटना परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन

२ माघ, महोत्तरी । विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दु:ख ब्यक्त गरिएको छ । कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ ।

उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारप्रति धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भन्दै ज्यान गुमाउनुमा सरकार पक्षलाई आरोप लगाउँदै आक्रोश ब्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले अल्पायुमा नै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली ब्यक्त गरे । आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६८ जनाको मृत्यु भएको र बाँकी ४ जनाको खोजी भैरहेको बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १८:४९