१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गरेर जेल हाल्न गृहमन्त्री लामिछानेको निर्देशन

२ माघ, महोत्तरी । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेर जेल हाल्न निर्देशन दिएका छन । उनले यसअघि पौस २७ मा भएको राप्रपाको चियापानमा पनि एमालेको सांसद महतोलाई पक्राउ गरी जेल हाल्न निर्देशन दिएको बताएका थिए । उनको सचिवालयले गृहमन्त्रीको निर्देशन कार्यान्वयनका लागि फलोअप समेत भैरहेको जनाएको छ ।

उच्च अदालत जनकपुरबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् ।

मधेश आन्दोलनको समयमा लखेटी(लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको आरोप उनीमाथि आरोप छ । मंसिर ४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।

बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी भएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १८:०१