२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

एडिलेडको माघे संक्रान्ति, विविधतामा एकता (फोटोफिचर)

२ माघ, का एडिलेड । नेपालीहरुको संस्कृति पर्व माघे संक्रान्ति एडिलेडमा मगर समाज साउथ अष्ट्रेलियाको आयोजनामा सम्पन्न भएको छ । नेपाली समुदायका विचमा माघ १ अर्थात माघे संक्रान्ती पर्व विषेश महत्व राख्दछ । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् ।

विभिन्न जाति समुदायले विभिन्न नाम विशेषमा माघे संक्रान्ती मनाउने गर्छन् । यो दिन मगर थारु नेवार व्राहमण क्षेत्री समुदायका विशेष चाड जसलाई सिङ्गो नेपाली समुदायले हर्ष उल्लासका मनाउने गर्दै आएका छन् ।

मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ। यस पर्वको अवसरमा मगर समुदायका मानिस सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन छ । यहि क्रममा एडिलेडको स्थानिय थेवाटन कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा यहा रहेका सबै भाषा भाषीका नेपाली समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि अष्ट्रेलियाको संघिय संसद सदस्य जेने स्टिन्सनले पछिल्लो पाच बर्षमा नेपाली समुदायको उल्लेखनीय रुपमा वृद्धि भएको आकडा प्रस्तुत गर्दै नेपालीहरु शिक्षित रहेको भन्दै प्रशंसा गरेकी थिइन । स्टिन्सनले विगत दुई वर्ष देखि नेपाल जाने ईच्छा गरेको तर परिस्थितिले नभ्याएको समेत उल्लेख गरिन । नेपालीहरु विभिन्न क्षेत्रमा सक्रियता देखाए संगै यहाका राजनीतिज्ञहरुमा नेपाल र नेपाली प्रति सकारात्मक बन्दै गएको देखिएको छ ।

कार्यक्रममा साउथ अष्ट्रेलियका लागि नेपाली वाणिज्यदुत दिपक धमला र एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष रेनुका लामाल संक्रान्ति शुभकामना व्यक्त गरेको थिए । कार्यक्रममा अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोशियसनका महासचिव नारायण खड्काले माघे संक्रान्तिको शुभकामना दिदै नेपाली सामुदायिक संस्थाहरुले गर्ने गतिविधिलाई समुदायमा पुराउन पत्रकारहरु सधै तयार रहेको बताउदै समुदायका हितमा आफ्ना गतिविधीलाइ अगाडि बढाउन आग्रह गरेका थिए ।

विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको कार्यक्रममा मगर समाज साउथ अष्ट्रेलियाका अध्यक्ष गोविन्द रानाले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै नयाँ पुस्तामा नेपाली कला संस्कृतिमा बारेमा जानकारी दिन समेत कार्यक्रम आयोजना भएको बताए ।

नेपालको साझा फुलवारीको झल्को दिने गरि मगर वाहेकका विभिन्न समुदायका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : January 16, 2023 at 4:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/