६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

प्रधानमन्त्री प्रचण्ड र ओलीको बालकोट वार्तापछि बाेलाइयाे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

२ माघ, काठमाडौं । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।  आज अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ‌ओलीबीच बालकोटमा छलफलपछि उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको हो। उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओली छन्। मन्त्रिपरिषद विस्तार पनि छिट्टै हुने उनले बताए ।

प्रकाशित मिति : January 16, 2023 at 3:51 pm