४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

२ माघ, काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची बढाएर पठाएकाे हाे ।

आइओसीले आयल निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेकाे छ ।  नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेकाे र डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको निगमले जनाएकाे छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १५:२७