४ कम्पनीले घाेषणा गरे लाभांश, सेयरधनीहरुलाई बाेनस र नगद कति ?
२ माघ, काठमाडाैं । एकै दिन विभिन्न ४ कम्पनीहरूले लाभांश घाेषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक बर्षका लागि सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् । युनाईटेड मोदी हाइड्रोपावर, सपोर्ट लघुवित्त, इन्फिनिटी लघुवित्त र नयाँ सारथी लघुवित्तले लाभांश घाेषणा गरेका हुन् ।
१) युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड
युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयाेगबाट स्विकृत भएर कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।
२) सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.०.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
३) इन्फिनिटी लघुवित्त
इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे । संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएको संस्थाले जनाएको छ।
प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
४) नयाँ सारथी लघुवित्त
नयाँ सारथी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
प्रकाशित मिति : २ माघ २०७९, सोमबार १४:५०