९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

बीमा प्राधिकरणको निर्देशनमा सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिनेछ ?

२ माघ, काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हाे ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरि स्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाएको थियो ।

उक्त लाभांशलाई प्राधिकरणले संशोधन गर्दै हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १२:५०