१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

२ लघुवित्तले घोषणा गरे लाभांश, बाेनस र नगद कति ?

२ माघ, काठमाडाैं । विनिन्न २ लघुवित्तले लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीहरूका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

१) इन्फिनिटी लघुवित्त

इन्फिनिटी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हाे ।  संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश नछुट्याइएको संस्थाले जनाएको छ।

प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

२) नयाँ सारथी लघुवित्त

नयाँ सारथी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित मिति : January 16, 2023 at 11:38 am