२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

निरन्तर चौथो दिन पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२ माघ, काठमाडाैं ।  साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ। गत साताको बिहीबारदेखि उकालो लागेको सुनको मूल्यले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। सुनको आजको मूल्य यो वर्षकै उच्च हो।

यसअघि सुनको मूल्य गत वर्ष फागुनमा हालम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आइतबार पनि सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : January 16, 2023 at 11:27 am