५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तपाईकाे खातामा आयाे त ७ प्रतिशत नगद लाभांश ?


२ माघ, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित ७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेको बैंकले जनाएको छ ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई आफ्नो बैंक खाता अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले बैंक खाता अद्यावधिक गराएपछि क्रमिक रूपमा अन्य लगानीकर्ताकाे खातामा साे बाेनस सेयर पठाउन सुरू गरिने पनि बैंकले जनाएकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको मर्जरबाट बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले पुस २७ गतेदेखि एकिकृत कारोबार सुरू गरेको छ । मर्जरपछि बनेकोे बैंकको सञ्चालक समितीको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे नियुक्त भएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०९:४५