५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

यी वाणिज्य बैंकहरुले सार्वजनिक गरे ब्याजदर, कुनको कति छ ब्याज ?


१ माघ, काठमाडाैं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर पूर्व सहमतिअनुसार घटाएर सार्वजनिक गरेका छन् । बैंकहरूले आज माघ १ गतेदेखि लागुहुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

१) एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशत ब्याजदर र अधिकतम मुद्दती खातामा १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खाता अन्तर्गत रेमिट्यान्स बचत खातामा १२ प्रतिशत ब्याजदर तोकेको हो ।

२) ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत ब्याजदर र अधिकतम मुद्दती खातामा १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खाता अन्तर्गत रेमिट्यान्स बचत खातामा १२ प्रतिशत ब्याजदर तोकेको हो ।

३) कुमारी बैंक

कुमारी बैंकले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम भएको छ । रेमिट खातामा १२ प्रतिशत ब्याज कायम गरिएको छ । ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ । संस्थागत मुद्दति खातामा बिडिङ रेट भने ०.५ प्रतिशतले बढाएर दिइने बैंकले सार्वजनिक गरेकाे सूचनामा उल्लेख छ ।

कुमारी बैंकको मंसिरको बेसरेट ११.१९ प्रतिशत रहेको छ । लोनको ब्याजदर २ देखि ६ प्रतिशत प्रिमियम जोडेर आउने अंक बराबर गरिएको छ ।

कुमारी बैंकको फिक्स्ड ब्याजदरको रेट भने घटेर १ देखि ५ वर्ष अवधिको लोनको फिक्स्ड ब्याजदर १३ प्रतिशत, ५ देखि १० वर्षको १३.५० प्रतिशत, १० वर्षभन्दा बढी अवधिको लोनको फिक्स्ड ब्याजदर १३.७५ प्रतिशत कायम गरिएको छ ।

३) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले माघका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, संस्थागतको ९ प्रतिशत र रेमिटान्स खाताको १२ प्रतिशत कायम गरेको छ ।

रिकरिंग फिक्स्ड डिपोजिटतर्फ १२ महिनासम्मको ब्याजदर ११ प्रतिशत तथा ३३ महिना अवधिको ब्याजदर १० प्रतिशत कायम गरिएको छ ।

बचत खाताको ब्याजदर ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ । कल अकाउण्ट्सको ब्याजदर ३.२१ प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ । कर्जातर्फको ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।

४) हिमालयन बैंक

हिमालयन बैंकले पनि ब्याजदर घटाएर प्रकाशित गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको ११ र संस्थागतको ९ प्रतिशत कायम गरिएको छ ।

बैंकको दोस्राे त्रैमासको बेसरेट घटेर १०.४३ प्रतिशत कायम भएको छ । लोनका विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने बैंकले जनाएको छ । फिक्स्ड प्रकृतिको लोनको ब्याजदर १४.६५ देखि १५.७५ प्रतिशतसम्म कायम गरिएको छ ।

५) स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरको बेस रेट ९.३० प्रतिशत रहेको छ । बैंकले लोनका विभिन्न प्रडक्टहरुको ब्याजदर आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर निर्धारण गरेका कारण लोन लिँदा यो बैंकमा सस्तो ब्याजदर पर्ने देखिन्छ ।

यो बैंकले ५ वर्षसम्मको लोनको फिक्स्ड रेट ११.५० प्रतिशत, ७ वर्षसम्मका लागि १२ प्रतिशत, १० वर्षसम्मका लागि १२.५० प्रतिशत तथा १० वर्षभन्दा माथिका लागि १३ प्रतिशत कायम गरेको छ ।

६) नबिल बैंक लिमिटेड

नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले माघ महिनाका लागि ब्याजदर घटाउँदै बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज दिने जनाएकाे छ ।

बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म दिने भएकाे छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज प्रदान गर्ने छ ।

७) राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज दिने छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार ११:१२