२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनका भुवन पाठक विजयी

२९ पुस, काठमाडाैं । बागमती प्रदेश सभामुखमा गठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवन पाठक विजयी भएका छन् । तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन् ।  नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।

सभामुखमा विजयी भएका थापा काठमाडौंबाट समानुपातिकमा निर्वाचित भएका थिए । उनी ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन् । त्यस्तै कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका छन् भने नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गरेकी छिन् ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सीट छ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १४:२८