२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सुदूरपश्चिम प्रदेशको सभामुखमा रावल र भण्डारीकाे उम्मेदवारी

२७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, नेकपा एमाले नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् । भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका हुन् । सभामुख चयनका लागि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १५:५२