२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सांसदहरूसहित गोरखा लागे प्रधानमन्त्री प्रचण्ड

२७ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् । बुधबार माओवादी केन्द्र निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा गएका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा गएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत गएका छन् ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १३:२२