५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

पप्पुलार्इ अदालतको झाप्पु, भागेर हिडेका सुमित रौनियारविरूद्ध पक्राउ पुर्जी जारी

९ असोज, राैतहट । राजनीतिक अाडमा ठेक्का पट्टा लिएर काम नगर्ने र गरीहाले पनि भ्रष्टाचार गरी गुणस्तरहिन काम गर्दै अाएको पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न अदालतले अादेश दिएको छ । जिल्ला अदालत रौतहटले पप्पुका प्रमुख रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो ।

.गत भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि राैनियारलार्इ बोलाइए पनि उनी भागेर हिडेका थिए । जिल्ला अदालतले राैनियारलार्इ पक्राउ गर्न जारी गरेको पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको प्रहरीले जनाएको छ ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो । २०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत काम पनि सकिएको छैन तर त्यही पप्पुले सरकारबाट ठेक्का पाइरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ११:५८