६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कांग्रेसलाई राष्ट्रपति, सभामुख केही दिने सहमति गरेको छैनः प्रधानमन्त्री प्रचण्ड

२६ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग लेनादेनाको सहमति बिनै विश्वासको मत पाएको बताएका छन । प्रतिनिधिसभाको विश्वासको मत लिएर बाहिरिनेक्रममा प्रचण्डले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै आफूले प्रधानमन्त्रीको हैसियतामा सबै दलसँग मत माग्नेक्रममा कांग्रेससँग पनि मागेको प्रष्ट पारे ।

पत्रकारले राष्ट्रपति वा सभामुख केही पद दिने सहमति गरेर विश्वासको मत पाउनु भएको भन्ने प्रश्न गर्दा उनले भने, ‘होइन, होइन हुँदै होइन, त्यस्तो केही सहमति भएको छैन ।’ प्रचण्डले संसदमा उपस्थित २७० सांसद मध्ये २६८ सांसदको विश्वास प्राप्त गरेका छन ।

प्रकाशित मिति : January 10, 2023 at 6:09 pm