२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कर्णालीका मुख्यमन्त्री शाहीले जाँदाजाँदै सार्वजानिक गरे आफ्नाे कार्यकालकाे बयान

२६ पुस, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै १५ महिने कार्यकालकाे फेहरिस्ता सुनाएका छन् । उनले यस अवधिका गरेको कामलाई खास उपलब्धी मान्दै कर्णाली सम्वृद्धि अभियानको आधार तयार गरेकाे दाबी गरे । एक वर्षको अवधिमा १७ किलोमिटर सडक कालोपत्रे गरेकाे पनि बताए । आज आयाेजित कार्यक्रममा उनले ४३५ दिने कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका हुन् ।

उनका अनुसार ११३ किलोमिटर सडक ग्राभेल र ६२२ किलोमिटर कच्ची सडक निर्माण पनि भएको छ। यो अवधिमा १३ वटा झोलुङ्ग पुल, आठ वटा सडक पुल निर्माण सम्पन्न भएका छन् । एक हजार पाँच सय ७१ वटा जनता आवास र एक सय एक वटा विपन्नका घर निर्माण भएकाे बताए । यस्तै, सात वटा सडक आयोजनालाई वहुवर्षीय ठेक्का सम्झौता गरी निर्माण गर्न अगाडि बढाइएको उनले बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १६:३४