२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रदेश १ काे सभामुखमा माओवादीका बाबुराम गौतमको उम्मेद्वारी दर्ता

२६ पुस, विराटनगर । प्रदेश १ मा सभामुख पदका लागि माओवादीका प्रदेश भा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट बिजयी भएका हुन् । एमालेका रेवतिरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन् ।

कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएकाे छ । कांग्रेस संसदीयय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेद्बारी नदिने निर्णय गरेको काङ्ग्रेस दलका नेता उद्वव थापाले बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १६:२७