२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

हामीलाई दया होइन न्याय चाहिएको छः रञ्जिता श्रेष्ठ

२६ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले  आफ्नो पार्टीलाई दया नभई न्याय चाहिएको बताएकी छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्याय दिलाउने प्रतिबद्धताकै कारण उन्मुक्ति पार्टीले विश्वासको मत दिन लागेको बताउँदै न्याय नपाएसम्म सरकारमा नजाने बताएकी हुन्।

‘तपाईको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहदैनौं’ उनले प्रधानमन्त्रीलाई भनिन्, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’ उनले मतदाताले सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म सरकारमा नजान खबरदारी गरेको बताइन् ।

उनले प्रश्न गर्दै भनेकी छन्, टीकापुर घटना भइरहँदा घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याउनेहरु, कपाल काटिरहेकाहरु, तरकारी बेचिरहेकाहरु, रिक्सा चलाइरहेकाहरु र स्कुलमा पढाइरहेकाहरु किन जेलमा छन ?

प्रकाशित मिति : January 10, 2023 at 4:12 pm