६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

३ कम्पनीले घोषणा गरे लाभांश, बोनस र नगद कति ?

२६ पुस, काठमाडाैं । एकै दिन ३ कम्पनीले लाभांश घोषणा गरेका छन्। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेका हुन् । कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट सेयधनीहरूकाे लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन्

१) डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

 डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। पुस २५ गते सोमबार बसेको कम्पनी सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २१.०५२६३ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

२) महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। पुस २५ गते सोमबार बसेको कम्पनी सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २५ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

३) कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयधनीहरूकाे लागि वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

बैंकको पुस २६ गते मंगलबार बिहान बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट सेयधनीहरूकाे लागि २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल १३ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १०:३८