२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पृथ्वीनारायण शाहको ‘वर्थ डे’ मनाउन पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

२५ पुस, काठमाडौं । सरकारले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्म जयन्ती ‘वर्थ डे’ को दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले दैनिकीलाई जानकारी दिए ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नवनियुक्त मन्त्रीहरु सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकमा सहभागी हुनुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १९:१२