२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

दीपक मनाङ्गेले पनि छाडे माधव नेपालकाे साथ, सरकार बनाउन एमालेलाई साथ

२५ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमै पुगेर पार्टी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङ्गेले साथ छाडेका छन । उनले आफू एमालेको सरकारको पक्षमा लागेको बताएका छन । स्वतन्त्र सांसदले दल रोजेको सूचना प्रदेशसभा सचिवालयमा दिनुपर्नेमा त्यो बाँकी राखेका थिए ।

माधव नेपालको पार्टीमा प्रवेश गरेको भए पनि आफ्नो सूचना प्रदेशसभामा रेकर्ड गराएका थिएनन् । अहिले उनले एमाले रोज्ने भन्दै सरकार गठनमा सहयोग गरेका छन । एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीलाइ मुख्यमन्त्रीमा सहयोग गर्ने निर्णय गर्दै उनले एमालेलाइ आफ्नो समर्थन रहेको बताएका छन ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १८:०८