२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

ओएनएफ नर्दन टेरेटोरियामा नयाँ नेतृत्व, अध्यक्षमा रबिन भुषाल

२५ पुस, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) नर्दन टेरोटेरीको अगुवा भेलाले राज्य समितिको पुनर्गठन गर्दै रबिन भुषाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । ओएनएफ अष्ट्रेलियाका सदस्य तथा नर्दन टेरोटेरीका ईन्चार्ज भवानी पौडेलका अनुसार उपाध्यक्षमा अभिषेक भट्टराई तथा सदस्यहरुमा राम चन्द्र(निशान) जोशी, बिशाल शर्मा, बिषेश अर्याल, नम्रता शर्मा, हेमु पौडेल, मुकुन्द खरेल, प्रकाश सापकोटा, शिशिर पराजुली, सन्तोष खाती रहेका छन् ।

पौडेलले आगामी बैठकबाट विधान बमोजिम सचिव र उप सचिवको समेत चयन हुने बताए । यसै गरि निवर्तमान अध्यक्ष संदिप पोखरेलाई प्रमुख सल्लाहकारमा चयन गरिएको छ । भेलाले निवर्तमान अध्यक्ष संदिप पोखरेलको पिताको असामयिक निधन भएकोमा शोक प्रस्ताव समेत पारित गरेको थियो ।

आइवार डार्विनमा प्रवासी नेपाली मञ्च(ओएनएफ) नर्दन टेरोटेरी र प्रवासी नेपाली युवा मञ्च नर्दन टेरोटेरीको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा भेला सम्पन्न भएको थियो । भेला अगाडि आयोजित शुभकामना आदान प्रदान कार्यक्रम इन्चार्ज पौडेलको प्रमुख आतिथ्य र प्रवासी युवा मञ्च नर्दन टेरोटेरी अध्यक्ष राम चन्द्र(निशान) जोशी अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा डार्बिनका सामाजिक अगुवा तथा व्यवसायी शम्भु कडेल, ओएनएफका नेता रविन भुषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नवनियुक्त अध्यक्ष रबिन भुषाल ।

 

प्रकाशित मिति : January 9, 2023 at 5:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/