२० भदौ २०८३, शनिबार | Sun Sep 6 2026

नेप्सेमा ३ वटा विकास ऋणपत्र सूचीकृत

२५ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको ३ वटा विकास ऋणपत्र  सूचीकृत भएको छ । सोमबार नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८१ ‘छ’, २०८२ ‘छ’ र २०८३ ‘ज’ सूचीकृत भएको हो।

राष्ट्र बैंकको २ वर्षे अवधि तथा १०.६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब बराबरको ‘२०८१ छ’ नामक ऋणपत्र, ३ वर्षे अवधि तथा १० प्रतिशत ब्याजदर भएको २ अर्बको ‘२०८२ छ’ नामक ऋणपत्र र ४ वर्षे अवधि तथा १०.९३ प्रतिशत ब्याजदर भएको ५ अर्ब बराबरको ‘२०८३ ज’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

 

प्रकाशित मिति : January 9, 2023 at 4:47 pm