२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा आफैं उभिँदा नयाँ अभुनूति भयाेः सिके राउत

२५ पुस, काठमाडौं । जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले कुनै दिन अाफ्नाे नाम मात्रै लिन समेत निषेध गरिएको ठाउँमा आज आफैं उभिँदा नयाँ अभुनूति भएकाे बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।’

उनले देश जातीय तथा धार्मिक विधितायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको समेत बताउँदै यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ । लोकतान्त्रिक व्यवस्थाको रक्षा र सम्वर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १५:२२