७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ?


२५ पुस, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएकाे छ । काराेबारकाे दाेस्राे दिन सोमबार पनि सुनको मूल्य बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै साेमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ। सुनकाे यो मूल्य यस वर्षकै उच्च हो।

आइतबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ११:४३