२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मुख्यमन्त्रीको भागवण्डा टुंगियो, तीन प्रदेशमा एमाले अन्यमा आलोपालोको सहमति

२४ पुस, काठमाडौँ । सत्तारुढ गठबन्धनले मुख्यमन्त्रीको भागवण्डा टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले प्रदेश सरकार गठनमा भागवण्डाको सहमति गरेको हो ।

प्रदेश नम्बर १, गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने सहमति भएको छ । वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गरेर सरकार बनाउने सहमति भएको छ । त्यस्तै मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमति भएको छ भने कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको  छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवदी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत सहभागी रहेका छन ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार २१:०१