२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीकाे दाबी पेश

२४ पुस, विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् ।

कार्कीले प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी ६० जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबै दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मकाे समय सीमा दिएका थिए । साेहि समय सीमाभित्रै कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई ६० जना सांसदको समर्थन छ प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १६:२९