८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

निफ्राकाे उर्जा ऋणपत्र बाँडफाँड

२२ पुस, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे ऋणपत्र बाँडफाँड भएकाे छ । निफ्राले मंसिर २९ गतेदेखि पुस १४ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे उर्जा ऋणपत्र बाँडफाँड भएकाे हाे । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको ‘निफ्रा उर्जा ऋणपत्र, २०८५/८६’ नाममा ऋणपत्र निष्कासन गरेको थियाे ।

बैंकले २९ गतेदेखि पुस १४ गतेसम्म रितपुर्वकप्राप्त आवेदकहरूकाे प्रशाेधन गरी २२ लाख ८९ हजार ८ सय १३ कित्ता ऋणपत्र  पुस २१ गते, बिहीबार बाँडफाँड गरेकाे एक सूचना मार्फत् जानकारी दिएकाे छ । बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण आवेदकहरुको सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सक्नेछन् ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ११:०८