अपि पावरले घोषणा गर्याे लाभांस, बोनस र नगद कति ?
२२ पुस, काठमाडाैं । अपी पावर कम्पनी लिमिटेड लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीकाे लागि वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांस गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार ०९:४०














