प्रि ओपन सेसनमा ९.०३ अंकले बढ्यो नेप्से
२१ पुस, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.०३ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन बुधबार ६४.७८ अंकले बढेर २१२५.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.०३ अंकले बढेर २२३४.८७ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५४ स्टकको ५१ लाख ७ हजार ७५९ रुपैयाँ ५९ पैसा बराबरको १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : January 5, 2023 at 11:01 am


