नेप्सेमा २३ लाख १२ हजार ४ सय कित्ता बाेनस सेयर सूचिकृत
२० पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको हाे ।
नेप्सेमा कम्पनीकाे २० प्रतिशत बाेनस बापतकाे २३ लाख १२ हजार ४ सय ९७ .२२१४ कित्ता सेयर सूचिकृत भएकाे हाे । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गरेको थियो। सोही २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
प्रकाशित मिति : २० पुष २०७९, बुधबार १४:४५












