७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० पुस, काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस २० गते अन्तिम दिन रहेको छ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडाैंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

प्रकाशित मिति : January 4, 2023 at 10:33 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/