निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२० पुस, काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको हाे ।
पुस १९ गते मंगलबार बसेकाे संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्न लागेकाे हाे ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
प्रकाशित मिति : २० पुष २०७९, बुधबार १०:२४












