गुल्मीमा सुन चोर्ने मनु नेपाली पक्राउ
८ असोज, गुल्मी । रेसुङ्गा नगरपालिका-९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए । नेपालीले रेसुङ्गा नगरपालिका-११ सिमीचौर घर भएकी बसन्ती भुसालको गहना चोरी गरेको प्रहरीले जनाएको छ ।
भुसाल माइती गएको मौका छोपी गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिबबहादुर खत्रीले बताए ।नेपालीलाई शंकास्पद अबस्थामा फेला पारी खानतलासी गर्ने क्रममा प्रहरीले तम्घासबाट पक्राउ गरेको थियो । प्रहरीले ७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
चोरी गरेको कसुरमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजार देखि ५० हजारसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 24, 2018 at 11:52 am









