छुट्ला है ! यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१८ पुस, काठमाडाैं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते साेमबार अन्तिम दिन रहेको छ। सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, आइसिएफसी फाइनान्स, सिवाईसी लघुवित्त र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी कम्पनीले भोली पुस १९ गते बुक क्लोज गर्दैछन् । यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश पाउनेछन्।
१) सिभिल बैंक
सिभिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।
२) श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२० प्रतिशत नगद लाभांश (करसहित) र २.४० प्रतिशत बोनस सेयर वितरण गर्ने निणर्य गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे शुरू हुनेछ ।
३) आइसिएफसी फाइनान्स कम्पनी
आइसिएफसी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
४) सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं ८ सभागृहचोक पोखरामा बिहान ११ बजे शुरु हुनेछ ।
५) पोखरा फाइनान्स
पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारथोक ब्यांक्वेट बास्तोलाथर पोखरा–९, कास्कीमा बिहान ९ बजे शुरू हुनेछ ।
प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १२:४७













